असार ०९ रौतहट । रौतहट जिल्लाको गरुडा नगरपालिकाको नगर सभा सोमबार भव्यताको साथ सम्पन्न भएको छ । नगरपालिकाले तेस्रो नगरसभाबाट ५५ करोड ४२ लाख ६७ हजार कुल बजेट विनियोजन गरेको छ ।
नगरपालिकाको आर्थिक बर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम सभा समक्ष नगरप्रमुख इनु राय यादवले प्रस्तुत गर्दै “ समृद्ध नगर ः खुशी नगरबासी’’को नारा समेत प्रस्तुत गरेका छन् । “मालिक होइन, सेवक हौ’’ भने मान्यतामा आधारित जनउत्तरदायी, पारदर्शी, मेहनती र सहयोगी संयन्त्रबाट नै समृद्धि हासिल गर्न सकिन्छ भने मान्यतालाई आफ्नो मार्गदर्शनका रुपमा ग्रहण गरेको मेयरले बताए ।
नगरको सवै बाटोलाइृ व्यवस्थित गराउने योजना अनुसार आर्थिक बर्ष २०७५÷७६ मा प्रायः सवै वडामा काम सम्पन्न हुने क्रममा रहेको र एकीकृत नगर विकास गुरु योजना निर्माण “सम्मुनत, सुरक्षित तथा वातावरणमैत्री सुन्दर शहर, सुशासनयुक्त पर्यटकीय र समृद्ध गरुडा नगर’’ भन्ने दुरदृष्टि सहित नगरको एकीकृत विकासका लागि गुररुयोजना बनाउने काम अगाडी बढाउनेमा नगरप्रमुख यादवले जोड दिएका छन ।
सडक पिसीसी योजना, सार्वैजनिक सेवा प्रवाह र सुशासन, सार्वजनिक जग्गाको लागत संकलन, तथ्यांक संकलन, सरसफाई अभियानलाई नियमितता प्रदान, फोहोरमैला व्यवस्थापन, छाडा चौपाया व्यवस्थान, स्थानीय शिक्षा , विषयगत शाखा व्यवस्थापन, स्थानीय कानून, न्याय सम्पादन, टोल विकास संस्थाहरुको गठन, बजार अनुगमन, व्यवस्थित सहरीकरणका लागि “ल्याण्ड पुलिङ, जथाभावी जग्गा प्लटिङमा रोक तथा भवन तथा सडकको नयाँ मापदण्ड, स्वायत्त क्षेत्र घोषण गर्न सिफारिस, प्राथमिकतामा रहेको सडको राइट अफ वे निर्धारण, व्यवसायीकलाई करको दायरामा ल्याउन वडा–वडामा शिविर नगरको सिटी फ्लावर निर्धारण तथा अन्य केन्द्रिय निकायबाट निमार्ण भइरहेका पूर्वधारको बारेमा योजना रहेको मेयर ईनुु यादवले प्रस्ट पारे ।
नगर सभामा स्वागत मन्तव्य व्यक्त गरेकी नगर उपप्रमुख रंगिला देवी जयसवालले आफूहरु विकास र समृद्धिका लागि सबै कार्यपालिका सदस्य एक जुट भएको बताईन । नगरको विकास समृद्धि र जनताको चाहना पूरा गर्नु नै हाम्रो दायित्व रहेको ले विगतका तितो मिठो त्यागेर नगर सभा गरी विकासको गतिलाई अझ तेज गर्ने प्रतिबद्धता व्यक्त गरिन् । जयसवालले जिल्ला कै अन्य स्थानीय तहमा मेयर उपमेयर बिच विवाद उत्पन्न भई विकास कार्य अबरोध भएको भन्दै दुख व्यक्त गरिन् । उहाँले विवादको कारण पता लगाई आपसी समझदारी र समन्व्य गरी अघि बढेर विकास कार्य लगायत जनताको सेवा गर्न लाग्नुपर्ने आग्रह गरिन् ।
नगरका प्रमुख प्रशासकिय अधिकृत टेक राज पन्थीले प्रदेश मै पहिलो चोटी आफ्नो नगरपालिकाले नगर सभा गरेकोमा खुसी व्यक्त गरे । पन्थीले नगर सभामा सहयोग गर्ने सम्पूर्ण लाई हृदय देखि अभार प्रकट गर्दै गरुडा नगरपालिका ले यो आर्थिक वर्षमा विकासमा ठूलो फडको मार्ने बताए । हामीले रोड, नाला, शिक्षा, स्वास्थ्य, बिधुतिकरण, खानेपानी, सिचाई, वृक्षारोपन, एम्बुलेन्स देखि लिएर जनतालाई चाहिने हरेक आवश्यकता र मागलाई ध्यानमा राखी नगर सभाबाट बजेट ल्याएको बताए । निकै खुसी र हर्षित देखिएका पन्थीले विगतमा झै यो वर्षमा पनि सबैको सहयोग र साथ पाएका छौ । गरुडा एउटा नमूना नगरपालिकाको रुपमा स्थापित हुने दाबी गरे ।
सबै स्थानीय तह विवाद रहित बने जिल्लाको चौतर्फी विकासमा ठूलो टेवा पुग्ने उहाँको भनाइ थियो । नगर सभाको सफलताको शुभकामना व्यक्त गर्दै अर्का वक्ता एवं राजपा नेता कन्थमूनी जयसवालले सौहार्दपूर्ण तथा शान्तिपूर्ण तरिकाले नगर सभा भएको मा धन्यावाद दिदै सफलताको शुभकामना व्यक्त गरे ।
त्यसै गरी नेपाल सुन चाँदी व्यवसायका उपाध्यक्ष रामजी साहले नगरमा दिर्घकालीन र टिकाउ विकास हुनुपर्नेमा जोड दिए । गरुडा उधोग वाणिज्य संघका अध्यक्ष हरेन्द्र चौधरीले घर नक्सा पासमा नगरले लिइरहेको शुल्क घटाउनु पर्ने बताए । नेकपाका प्रतिनिधी शेस कमिरुलाहले नगरका बजारहरुको व्यवस्थापन हुनुपर्ने, नगरपालिकाका मेयर देखि कर्मचारी सम्ममा आपसी मेलमिलाप हुनुपर्ने कुरा बताए । उहाँले पर्यटन, धार्मिक क्षेत्रको विकासको लागि नगरले गम्भीर हुनुपर्ने बताएका थिए । फोरमका प्रतिनिधी बृज यादवले नगरमा फोहर व्यवस्थापन, वायो ग्यास प्लान्ट, बिजुली उत्पादन जस्ता कुरामा ध्यान दिन सके आर्थिक समृद्धि हुन सक्ने विश्वास व्यक्त गरे ।
सभामा आ.ब. २०७६÷७७को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा नगर विकासको मेरुदण्ड हो भन्ने विषयलाई गम्भरिताका साथ अवलम्बन गर्दै सामुदायिक विद्यालयको शैक्षिक र भौतिक सुधार, शिक्षा प्रणलीलाई आर्थिक सामाजिक रुपान्तरणको संवाहकको रुपमा विकास गर्नका लागि सवै तह एवम विद्याको शिक्षामा समतामूलक पहँचको सुनिश्चितता, गुणस्तरमा सुधार, अब्बल व्यवस्थापकीय क्षमताको विकास, सामुदायिक एवम संस्थागत विद्यालय बिचको भिन्नताको अन्त्य जस्ता कुरामा जोड दिएका थिए ।