काठमाडौं, ०६ असार ।
नक्कली एटिएम बनाएर २० लाखभन्दा बढी रकम ठगी गर्ने गिरोहका एक सदस्य पक्राउ परेका छन् । बारा घर भई शंखमुल बस्ने ३३ वर्षीय राजु कुमार पाण्डेलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बिहीबार पक्राउ गरेको हो ।
ब्युरोका एसपी दिपक रेग्मीका अनुसार पाण्डेले अन्य ३ जना रोमनियन नागरिकसँग मिलेर विभिन्न एटीएम बुथबाट पैसा निकालेका थिए । तर, अहिले विदेशी नागरिकले नेपाल छाडिसकेका छन् । उनीहरूले राष्ट्रिय वाणिज्य बैंकको एटिएम बुथ प्रयोग गरेर नक्कली एटिएमबाट पैसा निकाल्दै आएका थिए ।
पाण्डेको साथबाट विभिन्न बैंकको भिषा कार्ड, नक्कली कार्डहरु, मोबाइल र एप्पल कम्पनीको दुई वटा ल्यापटप बरामद भएको छ ।