अखिलेश कुमार यादव
असार ०६ रौतहट ।
रौतहटमा सवारी टेम्पो दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान राजपुर नगरपालिका वडा नं. १ वहुअर्वास्थित बिरेन्द्रराजमार्ग सडक खण्डमा ना १ ह ३००० नं. को टेम्पो अनियन्त्रित भई दुर्घटना हुँदा टेम्पोका यात्रुको मृत्यु भएको हो ।
यमुनामाई गाउँपालिका वडा नं. ४ सरुअठा बस्ने हफिज मिँयाको छोरा २६ वर्षिय एमडी वकीलको घटनास्थलमै मृत्यु भएको हो । टेम्पु चालक माधवनारायण नगरपालिका वडा नं. ३ सखुअवाका अजय महतो फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।