जयराम मुक्तान
मनहरी एफएम । आर्थिक वर्ष २०७६–७७ को लागि स्थानीय सरकारलाई वित्तीय समानीकरण तर्फ ८० करोड १४ लाख र सशर्त अनुदानतर्फ ९४ करोड २८ लाख रुपैयाँसहित १ अर्ब ७४ करोड ४२ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
बजेटमा पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाका लागि आगामी आर्थिक वर्षका लागि वित्तीय समानीकरण तर्फ १२ करोड ५३ लाख, सशर्त अनुदानतर्फ १२ करोड ४७ लाखसहित २५ करोड रुपैयाँ छुट्याइएको छ । विनियोजन भएको बजेटमा सबैभन्दा धेरै बजेट हेटौंडा उपमहानगरपालिका लागि विनियोजन भएको छ भने सबै भन्दा कम बजेट ईन्द्रसरोवर गाउँपालिकाको लागि विनियोजन भएको छ ।