नेपालमा पछिल्लो समययता राजनीति र नेतामा जति मानिसमा अविश्वास गर्दछन्, त्यति नै पत्रकारिता र पत्रकारमा अविश्वास बढेको छ । अहिलेको संसारमा प्रत्येक व्यक्ती सूचना लिन र दिन सक्षम छन् । कसरी ? तपाईको हातमा भएको मोवाईल । सामाजिक सन्जालका विभिन्न टुल्सहरु प्रयोग गर्नुहोस् । र, भरमग्दुर सूचना प्राप्त गर्नुहोस् । प्राप्त मात्र होइन, प्रेषण पनि गर्नुहोस् । त्यहाँबाट लिने वा दिने सूचना सही र गलतको भागिदार पनि तपाईँ आफै हुनुहुन्छ । यस्ले पार्ने प्रभावको अध्ययन र बहस फरक पाटो रहेको छ । व्यक्ति आफै पत्रकार बनेको अहिलेको यो विश्वमा पत्रकार आफैमा कस्तो हुने ? कस्ता सूचना बाहिर ल्याउने ? अब बहस जरुरी भैसकेको छ ।
चुनावको समयमा मात्रै हुने शुद्धिकरणको मुद्दा अब पत्रकारिता र पत्रकार दुवैको इज्जतको विषय बनेको छ । सबैभन्दा बढी केन्द्रित लोकतन्त्रको विषय, देश विकासका मुद्दा, समावेशीका मुद्दा, संघियताका विषय, व्यवसायिकताका कुरा, अनुशासन र नैतिकता विषय, राजानीति बिग्रेकोदेखि लिएर बिगारेकोसम्म, स्वास्थ्य र शिक्षा का विषयमा हामीले जानेर नजानेर सर्वसाधरण माझ सेकेण्ड सेकेण्डमा सूचना दिइरहेका छौ । हामीले यति धेरै विषयमा (अझ यहाँ छुटेका विषय धेरै छन्) सूचना बाँडिरहँदा, हाम्रा सूचना पत्रकारिता आचारसंहिता भित्र परेका छन् ? बथवा हामीले राम्रो गरिरहँदा समूदाय र समाजलाई परेको प्रभावमा हामीले ध्यान दिएका छौ ? अब हामीले हाम्रो व्यवसायिक आचरण बनाउनुपर्ने र सच्याउनुपर्ने बेला भएन र यी सबै प्रश्नहरुको एकै पटक समाधान नहोला तर हामी आफ्नो पेशा जोगाईराख्न पनि व्यवसायिक हुनै पर्नेछ । अन्यथा अब सूचना पत्रकारसँग मात्रै रहेन, प्रत्येक व्यक्ति नै पत्रकार हो । नागरिक पत्रकार । नागरिक पत्रकारिता सुरु भइसकेको छ ।
‘नागरिक पत्रकार’ र व्यवसायिक पत्रकार कसरी फरक हुने त ? हामीले समाचार बाँड्ने मात्रै काम गर्ने कि? विस्तृत अध्ययनपछि सूचना दिने? पत्रकारिता नै गर्ने कि पर्चाकारिता गर्ने ? नेताको र विज्ञापनदाताको बनाउने कि ? समुदायको हितको लागि पत्रकारिता गर्ने ? यी सबै गरिरहिँदा हामी हाम्रो आत्मनिर्भरता रहेको पेशाको हाम्रो काममा शुद्धिकरण गर्नु आवश्ययक भैसकेको छ । अन्यथा हाम्रो पेशा विस्तारै नागरिक पत्रकारिताले थिच्दै जान्छ । नागरिक पत्रकारिताले समूदाय विकासमा जिम्मेवार नहुन सक्छ । अहिले नै हामीले सोसल मिडिया, व्लग र अनलाईन हे¥यौ भने कति सूचना गलत छन् भन्ने अनुमान लगाउन सकिन्छ । जिम्मेवार पत्रकारीताको लागि पनि व्यवसायिक बन्नु आवश्यक रहेको छ । नागरिक पत्रकारिता फाईदा र बेफाईदाका बारेमा फरक बहस हुनसक्छ र हुनुपर्छ । हामी पत्रकार भनेर परिचय दिन्छौ भने हाम्रो भिन्नै पहिचान छ, आचारसहिंता छ, संगठन छ । त्यसैले बढी जिम्मेवार व्यवसायिक पत्रकार हुनपर्छ कि हामीले समाज र ठूलो समूहका लागि काम गरिरहेका हुन्छौ ।
व्यवसायिक हुनका लागि के गर्ने त, आ–आफ्नै मान्यता र आचारसंिहता रहेको छ । पत्रकारले पनि आफ्नो आचारसंिहतालाई कम्तीमा पालना गरेमात्रै पनि व्यवसायिक बन्दै जानेछ । त्यसैगरी समूदायका मानिसहरुले दिएका प्रतिकृया, अलिकति अध्ययन, अलिकति व्यक्तिगत आचरणमा परिवर्तन गर्न सकेमा मात्रै पनि हाम्रो पेशामा सर्वसाधरणले लगाउने आरोप नेता र पत्रकार एउटै हुन भन्ने विषयलाई कम गर्न सकिन्छ । यो सङ्गसङ्गै नागरिकलाइ जिम्मेवार बनाउन पनि हामी व्यवसायिक हुन आवश्यक छ । समाज अहिले विभिन्न राजनीतिक र सामाजिक कारणले विभक्त छ, अरुका कुरा सुन्ने बानी हराउदै गएको छ । यसले संक्रमणकाललाई लम्ब्याउछ, अनि हामीले समाचार बनाइरहने छौ–पत्रकारिताबाट जीवन धान्न गाह्रो भएपछि विदेश ।
“पत्रकारिता कम–पर्चाकारिता बढी, सूचना कम–समाचार बढी, अनुगमन कम–अनुमान बढी, अध्ययन कम–अडकल बढी, श्रोत कम–सोर्स बढी, सत्यतथ्य कम–व्याख्या बढी, समाजको भनाइ कम–पत्रकार नै बढी, शक्तिमा रहेका बढी–समूदायको आवाज कम” अहिलेको पत्रकारितामा देखिएको सबभन्दा ठूलो समस्या हो । हामीले व्यवसाय गर्न खोज्यौ तर व्यवसायिकता अपनाएनौ । महासंघको संगठन नयाँ नेतृत्वका लागि कोठे बैठकहरु भैरहँदा मतदाताहरु जसले आफ्नो जीवनको प्रमुख पेशा नै पत्रकारितालाई रोज्नु भएको छ भने, आफना उम्मेदवारलाई प्रश्न गर्ने कि नगर्ने जिम्मा मतदातालाई । मत, मतदाता र चुनावका बारेमा भिन्नै बहस हुनुपर्छ । पहिला जिम्मेवार पत्रकार र पत्रकारिता प्राथमिकतामा बहस होस ।